११ माघ २०७७, आईतवार

कुमारी हल आजबाट बन्द

सिटिसेन्टर नजिकै रहेको क्यूएफएक्सको कुमारी चलचित्र भवन आजबाट बन्द भएको छ । १८ कात्तिकबाट यो हलमा प्रदर्शन सेवा बन्द गर्न लागिएको हो । मर्मतसम्भारका लागि हल बन्द गर्न लागिएको जानकारी टाँसिएको सूचनामा उल्लेख छ ।

सूचनामा हलभित्रका कुर्सी, कार्पेट र शौचालय मर्मत गर्न लागिएको सूचनामा उल्लेख गरेपनि कहिलेदेखि हल संचालनमा आउनेछ भन्ने चाहिँ खुलाइएको छैन । कार्यरत कर्मचारीहरुलाई क्यूएफएक्सले आफ्ना अन्य शाखाहरुमा सारेको छ । कुमारी हल प्रिमियर र फेस्टिभलका लागि नेपालमै चर्चित मध्ये मानिन्छ । एक महिना बन्द हुँदा निर्माता निर्देशकलाई ठुलै घाट पुग्छ ।

ठूला फिल्मदेखि, फिल्मको प्रिमियरका लागि पनि विशेष मानिएको यो चलचित्र भवन अन्तराष्ट्रिय फेस्टिभल यहीँ भएका छन् ।

विशेष समारोहबीच विहिबार मल्टिप्लेक्सको ओपनिङ गरेर क्यूएफएक्सले भक्तपुरमा निर्माण गरिएको नयाँ हल आगामी शुक्रबारदेखि संचालनमा ल्याउँदैछ । समयअवधि नतोकिएपनि अब मर्मतसम्भारको कार्य पूरा नभएसम्म कुमारी हल बन्द रहने देखिन्छ ।

 

    सम्बन्धित समाचार...