१४ बैशाख २०८१, शुक्रबार

‘बोक्सी’को आरोपमा महिलामाथि कुटपिट गर्ने फरार अभियुक्त पक्राउ

arest

‘बोक्सी’को आरोपमा महिलामाथि निर्घात कुटपिट गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको नवराज गाउँपालिका–५ का २० वर्षीय सन्तोष यादव रहेको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्रनजिक सिरहाको ठाडीमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिनुभयो ।

गत भदौ २७ गते नवराजपुर गाउँपालिका–५ का मूर्तिदेवी यादवलाई राति ११ बजे घरबाट बोलाएर बोक्सीको आरोपमा आठ जनाको समूहले कुटपिट गरेका थिए । पीडित महिलाका पति रामनारायण यादवले स्थानीयवासी कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादवलगायत आठ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरीपछि प्रहरीले बोक्सी कसुरअन्तर्गत मुद्दा दायर गरी घटनामा संलग्नहरुको खोजी गर्ने क्रममा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।