१७ बैशाख २०८१, सोमबार

स्वास्थ्य मन्त्रालयले भन्यो- बेहोस हुन लागे मात्रै अस्पताल जानू

Jageshwar Gautam

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जाने क्रम बढेको भन्दै श्वास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला–होला जस्ता भएमा मात्रै अस्पताल जान आग्रह गरेको छ।

बुधबार मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले भने, ‘सामान्य रुघाखोकी लाग्दैमा ज्वरो आउँदैमा अस्पताल जाने क्रम बढेको छ। कुनैपनि बिरामीलाई श्वासफेर्न गर्न गाह्रो भएमा बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा त्यस्तो अवस्थामा मात्र अस्पताल जान हामी यहाँहरुलाई अनुराेध गर्दछौँ।’

मन्त्रालयले यही स्तरमा कोरोना संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरुले भार थाम्न नसक्ने बताएको छ।

प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय काठमाडौँ उपत्यकाका अस्पतालहरुमा बेडको अभाव हुँदै गएको बताए। काठमाडौँमा संक्रमितहरुको व्यवस्थापन गर्न थप चुनौती देखिएको उनको भनाइ छ।

पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसहरुको भीडले संक्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सतर्कता अपनाउन उनले आग्रह गरे।

साथै डा.गौतमले संक्रमितहरुको उपचार सरकारी र निजी दुवै अस्पतालहरुले गर्न आवश्यक रहेको पनि बताएका थिए।

सरकार नागरिकको उपचार पाउने हक खोस्दै

नेपालको संविधानले हरेक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गरेको छ।

संविधानको धारा ३५ मा ‘कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनी उल्लेख छ। 

यति मात्र होइन, जनस्वास्थ्य सेवा ऐन, २०७५ को परिच्छेद-२ मा सेवाग्राहीको अधिकार, कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्वका विषयमा व्यवस्था छ।

जसअनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार हुन्छ। ऐनको दफा ३ मा भनिएको छ, ‘कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन।’

तर स‌ंविधान र ऐेनमा नै भएको उक्त अधिकार र कानुन विपरित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै नागरिकको अधिकार खोस्न खोजेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई बेहोस भएमा वा बेहोस हुन लागेमा तथा श्वास फेर्न गाह्रो भएमा मात्र अस्पताल आउन भन्दै संविधानले दिएको अधिकार खोस्न खोजेको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुनै पनि बिरामीलाई सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जान भनेका हुन्।

डा गौतमले कोरोना भाइरसको संक्रमितको संख्या बढेर अस्पतालका शय्या भरिएका कारण देखाउँदै सामन्य रुघाखोकी लाग्दैमा, ज्वरो आउँदैमा अस्पताल जाने क्रम बढेको भन्दै उनले कुनै पनि बिरामी बेहोस वा हुन लागेको अवस्थामा मात्र अस्पतालमा जान भनेर जोड दिएका हुन्।

तर उनको यो भनाई संविधान र जनस्वास्थ्य सेवा ऐन विपरित रहेको छ। 

मन्त्रालयकै एक उच्च तहका कर्मचारी भन्छन्, ‘ज्वरो विभिन्न रोगका लक्षण हुन। त्यसकारण मन्त्रालयले बेहोस हुन लागेमा मात्र जचाउन आउनु भनेर भन्नु सरासर गलत छ।सरकारले कोरोना अस्पतालमा बिरामी भरिए भनेर अन्य रोगका बिरामीलाई गम्भिर अवस्थामा वा अन्तिम अवस्थामा आउँ भनेर भन्नु हुँदैन। यो गैरकानुनी हो।’

उनले सरकारले अन्य व्यवस्था गरेर भए पनि बिरामीलाई उपचार गराउनुपर्नेमा जोड दिए।

हेर्नुहोस् संविधानमा भएको व्यवस्था

dhara 35

जनस्वास्थ्य सेवा ऐनमा भएको व्यवस्था

swasthya sewal