
इटालीका साइक्लिस्ट लुका वाकेरमानलाई अस्पताल भर्ना गरिएको छ । गिरो डी’इटालिया साइक्लिङ्ग प्रतिस्पर्धाको चौथो चरणको अन्तिम तिर पुगेका बेला अति कम उचाइमा उडेको हेलिकप्टरका कारण लुका दुर्घटनामा परेका हुन् ।
लुकालाई तत्काल अस्पताल लगिएको हो । लुकासँगै एतिएन भान एम्पेलपनि लडेका हुन्।
डच खेलाडी भान एम्पेल उठेर पुनः साइकल चलाउन सके तर उनको टिमका साथी खेलाडी लुका भने अस्पताल जानु परेको हो । दुर्घटनामा उनको नाक भाच्चिएको छ । यस्तै धेरै ठाउँमा काटेको छ।