७ बैशाख २०८१, शुक्रबार

जमैकन राष्ट्रिय महिला फुटबलरको छुरा हानी हत्या (भिडियो सहित)

tarania clarke

जमैकन राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी तारानिया क्लार्कको छुरा हानी हत्या गरिएको छ । २० वर्षीया मिडफिल्डर क्लार्कलाई शुक्रबार राजधानी किङ्सटनमा मोवाइल फोनको विषयमा झगडा हुँदा छुरा हानिएको हो ।

उनलाई तत्काल अस्पताल लगिएपनि बचाउन नसकिएको बीबीसीले जनाएको छ । क्लार्कमाथि छुरा प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्लार्क जमैकाकी राम्रो खेलाडी हुन् । गत सेप्टेम्बरमा राष्ट्रिय टोलीमा डेब्यु गरेकी क्लार्कले ओलम्पिक छनोट खेलमा सनसनी मच्चाएकी थिइन् । उनकै उत्कृष्ट प्रदर्शनमा जमैकाले क्युवालाई १२–१ गोलले हराएको थियो ।

घरेलु महिला लिगमा भने क्लार्क वाटरहाउस एफसीबाट खेल्दै आएकी थिइन् ।

जमैका फुटकल संघका अध्यक्ष माइकल रिकेट्सले क्लार्कको हत्याप्रति दुःख व्यक्त गरेका छन् । ‘क्लार्क खेलाडीमात्र नभई उत्कृष्ट ब्यक्तित्व थिईन् । उनको हत्याले जमैकन फुटबललाई ठूलो क्ष्ति पुगेको छ,’ अध्यक्ष माइकलले भनेका छन् । बीबीसी

    सम्बन्धित समाचार...