
जिल्ला प्रहरी कार्यालय दैलेखले चाडपर्वलाई मध्ये नजर गर्दै जिल्लामा घरेलु मदिरा उत्पादन र विक्री वितरणमा रोक लगाएको छ ।
जिल्लामा हुने अपराधिक गतिविधिलाई कम गर्ने उद्देश्यले मदिरा सेवन तथा उत्पादनमा रोक लगाउँदा समेत सुचनालाई बेवास्ता गरेको भन्ने सुचनाका आधारमा प्रहरीले अस्थाई प्रहरी पोष्ट भैसिखोरबाट खटिएको प्रहरीले जिल्लाको नारायण नगरपालिका वडा नं ४ को स्थानिय बजार तथा अन्य क्षेत्रबाट खानतलास गरी घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उक्त ठाउँबाट मदिरा उत्पादन गर्ने भाँडा सहित २५० लिटर मदिरा नियन्त्रण गरी नष्ट गरेको जनाएको छ ।
त्यस्तै लालिकाँडामा सन्चालित विभिन्न होटन तथा नास्ता पसलहरुबाट मदिरा बनाउने सामान, भाँडाकुडा लगायत १०० लिटर मदिरा समेत नियन्त्रण गरी नष्ट गरीएको छ ।