१२ बैशाख २०८१, बुधबार

बालविवाह गर्ने जोडी पक्राउ

child marriage dailekh

दैलेख जिल्लामा बालबिवाह गरेको भन्ने सुचनाको आधारमा तल्लो डुङ्गेश्वर दैलेखबाट खटिई गएको प्रहरी टोलीले विवाहित जोडिलाई पक्राउ गरेको छ ।

निजहरु दुबै जनालाई बिवाह गरी बसेको अवस्थामा आइतबार घरबाटै पक्राउ गरिएको हो ।

पक्राउ परेका दुबै जनालाई बिवाह सम्बन्धी कसुर (बालविवाह) मुद्दामा जिल्ला अदालत दैलेखबाट म्याद थप अनुमती लिई जिल्ला प्रहरी कार्यालय दैलेखमा राखिएको छ ।

उनिहरुलाई प्रहरी बाल निगरानी कक्षमा राखि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्टले बताए ।