१४ माघ २०७७, बुधबार

ढुङ्गा प्रहार गरी श्रीमतीको विभत्स हत्या

ढुङ्गा प्रहार गरी आफ्नै २३ वर्षीया श्रीमती जिना राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १५ खोरीयाबस्ती बस्ने ३१ वर्षीय अर्जुन राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिनालाई ढुङ्गा प्रहार गरी  शव पुलमै छाडेर अर्जुन भागेका थिए । फरार भएका अर्जुनलाई सोही ठाउँस्थित धरानबाट पानबारी जाने बाटोको सेउटी पुलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घटना जीना माइतबाट आएकै दिन बुधबार साँझ ८ बजेतिर भएको हो । श्रीमानसँग घरायसी मनमुटाव भएपछि जीना एक महिनाअघि माइत घर गएकी थिइन् । जीनालाई बुधबार मात्रै सम्झाईबुझाई गरेर अर्जुनले तिहारको भाइटीका सकिएपछि घर ल्याएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

इलाका प्रहरी कार्यालयका डीएसपी ढुण्डीराज न्यौपानेले घरायसी मनमुटावको कारण निर्माणधिन सेउती खोलाको पुल नजिकै लगेर अर्जुनले श्रीमती जीनाको टाउकोमा ढुङ्गाले हानेर विभत्स हत्या गरेको पुष्टि गरे ।

 

    सम्बन्धित समाचार...