७ बैशाख २०८१, शुक्रबार

कृष्णनगर तनावग्रस्त, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

QHjMxpAVaJSmtjZnxax0

कर्फ्यू अवज्ञा गर्दा कपिलवस्तु प्रहरीले गोली चलायो कपिलवस्तुको सीमा नाका कृष्णनगरमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूकैबीच प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको हो । मृत्यु हुनेमा स्थानीय २० वर्षीय सुरज पाण्डे छन् । लक्ष्मी पूजाको मूर्ती विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा हिजो बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फयू आदेश जारी गरेको छ । बिहान ११ बजेदेखि अर्को आदेश नहुनजेलसम्मको लागि प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो । प्रहरीका अनुसार, स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । सो क्रममा ६ जना स्थानीय घाइते भएका छन् । त्यो क्षेत्रमा अहिले सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।