१४ बैशाख २०८१, शुक्रबार

पशुपति क्षेत्रमा बत्ती निभाएर विरोध गरिने

pashupatinath

पशुपति क्षेत्रमा आज र सोमवार साँझ ७ः०० बजेदेखि ७ः३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरिएको छ । पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिको आयोजनामा हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजिनामा माग गर्दै पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो । समितिले विकास कोषको कार्यालयमा धर्ना दिने र कोष घेराउलगायत विरोधका कार्यक्रम घोषणा गरेको छ ।