१५ बैशाख २०८१, शनिबार

प्रचण्डलाई बाबुराम भट्टराईको यस्तो प्रश्न,तपाईं डुप्लिकेट कम्युनिष्ट हो ?

prachanda baburam

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष प्रचण्डलाई ओरिजनल माओवादी नभए डुप्लीकेट माओवादी हो ? भनेर प्रश्न गरेका छन् । पुष्पकमल दाहाललाई ओरिजिनल माओवादी होईन भन्ने अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् ।

तत्कालीन माओवादीका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले शुक्रबार हिजो विराटनगरमा आयोजित एक कार्यक्रममा प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको अभिव्यक्ति दिएका थिए ।

त्यसको भोलिपल्ट आज (शनिबार) डा. भट्टराईले ट्विट गर्दै यस्तो प्रश्न गरेका छन्,‘मेरा परम मित्र प्रचण्डलाई केही प्रश्नस् तपाईं ओरिजनल माओवादी नभए के तपाईँ डुप्लीकेट माओवादी होरुयो तालले त कुनै दिन तपाईंले आफुलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला१किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो ?।,

डा. भट्टराईले लेखेका छन्, ‘पुष्पलाल ओरिजनल नभए पछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन!आखिर तपाईंको ओरिजनल र डुप्लीकेट अवतार कसरी चिन्ने?अनि आफुलाई चौ म को मदन भण्डारी पनि भन्न भ्याउनुभएछ!पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो कि?यसरी माछा देखे भित्र हात सर्प भए बाहिर हात कहिलेसम्म?