१३ बैशाख २०८१, बिहीबार

पूर्वसभासद, नेकपा नेतृ कमला सुवेदीको निधन

fgfg

लामो समयदेखि ब्रेन ट्युमरको समस्याबाट पीडित पूर्वसभासद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको उपचारका क्रममा  ५० वर्षको उमेरमा निधन भएको भएको छ।

दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद तथा तत्कालिन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ सुवेदीको ५० वर्षकै उमेरमा उपचारका क्रममा निधन भएको हो ।  नेकपाका नेता विष्णु रिजालका अनुसार नेकपाकी नेतृ सुवेदीको अल्पआयुमै निधन भएको छ ।

शनिबार बिहान काठमाडौंको पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ । सुवेदीको पार्थिव शरिरमा नेकपाका नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाएका थिए । उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न महासचिव विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरालगायतका नेता कार्यकर्ताहरु आर्यघाट पुगेका थिए ।

रामेछापको बाबियाखर्क माइती र मन्थली नगरपालिका वडानम्बर १ घर भएकी सुवेदी रामेछाप-काठमाडौं सम्पर्क समितिको संयोजकसमेत बनेकी थिइन् । उनका श्रीमान्, एक छोरी, एक छोरा छन् ।