१४ बैशाख २०८१, शुक्रबार

देशभरी थपिएका संक्रमित मध्य ५५ प्रतिशत काठमाडौंमा

corona 1

नेपालमा आज (शनिवार) १२,९७८ पिसिआर टेस्ट भएकोमा थप २,१२० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने २१,३०२ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ । हाल क्वारेन्टाइनमा ४,२७३ जना रहेका छन । पछिल्लो २४ घण्टामा २,०४४ जना र आज सम्म ६२,७४० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौं उपत्यकमा कोरोना संक्रमण दर उच्च रहेको छ । काठमाडौंमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी जम्मा १,१७७ जना नयाँ संक्रमित थपिएका छन ।

प्रदेश अनुसार आईसियुमा २१७ जना उपचाररत छन जसमा प्रदेश १ मा २२, प्रदेश २ मा १७, बाग्मती प्रदेशमा ११६, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ३७ जना, कर्णाली प्रदेशमा १६ जना, सुदुर पश्चिम प्रदेश्मा ३ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा २ जना, प्रदेश दुईमा १ जना, बाग्मती प्रदेशमा २४ जना र प्रदेश ५ मा ४ जना गरी जम्मा ३१ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ८ जनाको निधन भएको छ । हालसम्म मृतक ५२८ जनामा कोरोना पुष्टि भएको छ।