
कोरोना संक्रमण पुष्टी भएपछी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार बेलुका ह्वाइट हाउसबाट वाल्टर रीड मेडिकल सेन्टर गएका छन । उनि केहि दिन अस्पतालमै रहने जनाइएको छ । ह्वाइट हाउसबाट वाल्टर रीड जानको लागी उनि बिना कुनै सहयोगी हेलिकप्टरमा सवार भएका थिए । त्यस समय उनले मास्क लगाएका थिए ।
ह्वाइट हाउसले जारी गरेको एक विज्ञप्ति अनुसार “राष्ट्रपति ट्रम्प चिकित्सक र चिकित्सा विशेषज्ञहरूको सिफारिसमा सावधानी अपनाउँदै आगामी केही दिन वाल्टर रीडको राष्ट्रपति कार्यालयबाटै काम गर्ने छन ।”
चिकित्सकहरुको सुझाव अनुरुप राष्ट्रपति ट्रम्प केहि दिन वाल्टर रीडमै रहनेछन जहाँ उनको थप परिक्षणहरु हुनेछ ।
ट्रम्पलाई सावधानी स्वरुप प्रयोगात्मक उपचार प्रदान
राष्ट्रपतिको चिकित्सकका अनुसार सावधानी स्वरुप उनलाई प्रयोगात्मक रेजेनरन उपचारको एक डोज दिइएको छ । चिकित्सकका अनुसार राष्ट्रपति ट्रम्पमा केहि थकान देखिए पनि स्वास्थ्य स्थिती राम्रो रहेको बताइएको छ ।
विशेषज्ञहरूको एक टोलीले राष्ट्रपतिको स्वास्थ्य स्थिती मुल्यांकन गरिरहेका छन । राष्ट्रपतिको चिकित्सकका अनुसार राष्ट्रपति र प्रथम महिलालाई अर्को राम्रो चरणका उपचार सम्बन्धमा सिफारिसहरू गरिने छन । प्रथम महिला मेलानिया ट्रम्पलाई पनि हल्का खोकी र टाउको दुखाइ भएपनी स्वास्थ राम्रो रहेको बताइएको छ ।
समाचार एजेन्सीका अनुसार ह्वाइट हाउसले राष्ट्रपतिको लक्षण हल्का भने पनि उनलाई बिहान देखि ज्वरो आएको छ । एजेन्सीका अनुसार ह्वाइट हाउसले राष्ट्रपति थकित रहेको जनाए भन्दा अहिलेको अवस्था भिन्न रहेको बताएको छ ।