८ बैशाख २०८१, शनिबार

भाइरल तस्विर : विद्यार्थीले चिट नचोरुन् भनेर टाउकोमा कार्टुन

karnataka puc

भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लामा रहेको भगन प्रि–युनिभर्सिटी कलेजले आफ्ना विद्यार्थीलाई गरेको व्यवहार हाल चर्चामा छ ।

कलेजले परीक्षामा विद्यार्थीले चिट नचोरुन् भनेर तिनको टाउको ढाकिने गरी कार्टुनको डब्बा लगाइदिएको थियो । सो फोटो अहिले समाजिक सञ्जालमा भाइरल भएको छ ।

मिडियामा आएको समाचार अनुसार यो निजी कलेजमा पछिल्लो वर्ष निक्कै परिक्षामा चोरी भएको थियो । त्यसैलाई मध्यनजर राखेर कलेज प्रशासनले यो पटक चोरी रोक्नको लागि यो तरिका अपनाएको हो ।

यो घटनाको तस्विर मिडियामा बाहिरिए पछि राज्यको शिक्षा प्रशासन भने रुष्ट बनेको छ । कर्नाटक सरकार अन्तर्गतको शिक्षा विभागका डेपुटी डाइरेक्टर एसएस पिराजेले यस सम्बन्धमा कलेजसँग प्रश्न गरिएको जानकारी दिए । पिराजेले सन्तोजषजनक जवाफ नआएमा कलेजको मान्यता रद्द गरिने चेतावनी दिएका छन् । एजेन्सी

    सम्बन्धित समाचार...