२३ बैशाख २०८१, आईतवार

सप्तकोसीको बजेट झन्डै ४७ करोड

Saptakoshi Nagarpalika

सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गर्दै नगर सभासम्पन्न भएको हो ।

नगरसभाको उद्घाटनमा प्रदेश नं २ का प्रदेश सभासदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताउनुभयो । नयाँ प्रणालीमा देश गए अनुसार जनताको चाहना पनि फेरिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक मुरारी कार्कीले जनप्रतिनिधीबाट पारित योजना अक्षरस पालना हुनुपर्ने बताउनुभयो । नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पुष्प बस्नेतले स्थानीय स्तरमा सञ्चालन भएका उद्योग सञ्चालनमा टेवा पु¥याउन र किसानको समस्यालाई सम्बोधन गर्न वरिपरी भएका जडिबुटी सङ्कलन गरी आयआर्जनलाई अगाडी बढाउन नगरपालिकालाई सुझाव दिनुभयो ।