१४ बैशाख २०८१, शुक्रबार

दुर्घटनामा एकको निधन, दुई घाइते

rajaiya bike accident
फाइल फोटो

अरनिको राजमार्गखण्ड अन्तर्गत सूर्यविनायक नगरपालिका–५ घताले चोकमा दुई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छन् । घलातेमा बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते रामेछाप घर भएका २० वर्षीय अनिश श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको माटरसाइकलको उद्धार गर्न गएको भे ६प. ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा घाइते इलाम घर भएका २१ वर्षीय उज्ज्वल राई र २३ वर्षीय सुजल गहतराजको भक्तपुरको सल्लाघारीस्थित डा इबामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।