२० बैशाख २०८१, बिहीबार

उकालो लाग्दै आईसियुमा र भेन्टीलेटरमा उपचाररत बिरामी, देशभर १,३५६ संक्रमित थपिए

icu covid representation

नेपालमा आज (मंगलवार) ११,१५४ पिसिआर टेस्ट भएकोमा थप १,३५६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १८,१४२ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६६ हजार २७६ पुगेको छ । हाल क्वारेन्टाइनमा ७,१७१ जना रहेका छन । पछिल्लो २४ घण्टामा ८२३ जना र आज सम्म ४८,०६१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

प्रदेश अनुसार आईसियुमा २२३ जना उपचाररत छन जसमा प्रदेश १ मा ११, प्रदेश २ मा २०, बाग्मती प्रदेशमा १३३, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ३८ जना, कर्णाली प्रदेशमा १५ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा २ जना, बाग्मती प्रदेशमा ३२ जना र प्रदेश ५ मा ३ जना गरी जम्मा ३७ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा २ जनाको निधन भएको छ । हालसम्म मृतक ४२९ जनामा कोरोना पुष्टि भएको छ।