२ जेष्ठ २०८१, बुधबार

२२७ जना आईसियु र भेन्टीलेटरमा, थपिए ११५४ कोरोना संक्रमित

icu covid representation
सांकेतिक तस्विर

नेपालमा आज (सोमवार)९,५३३ पिसिआर टेस्ट भएकोमा थप ११५४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १७,६११ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको छ । हाल क्वारेन्टाइनमा ७,४०३ जना रहेका छन । पछिल्लो २४ घण्टामा १००५ जना र आज सम्म ४७,२३८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

प्रदेश अनुसार आईसियुमा १९६ जना उपचाररत छन जसमा प्रदेश १ मा १०, प्रदेश २ मा १६, बाग्मती प्रदेशमा १२८, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २२ जना, कर्णाली प्रदेशमा १५ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा १ जना, बाग्मती प्रदेशमा २८ जना र प्रदेश ५ मा २ जना गरी जम्मा ३१ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा १६ जनाको निधन भएको छ । हालसम्म मृतक ४२७ जनामा काेराेना पुष्टि भएकाे छ।