१५ बैशाख २०८१, शनिबार

१०,३३३ पिसिआर टेस्टमा १२०४ जनामा कोरोना पुष्टि

corona test

नेपालमा आज (शनिवार) १०,३३३ पिसिआर टेस्ट भएकोमा थप १२०४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १७१२९ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । हाल क्वारेन्टाइनमा ७७३५ जना रहेका छन । पछिल्लो २४ घण्टामा १४४७ जना र आज सम्म ४५,२६७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

प्रदेश अनुसार आईसियुमा १७९ जना उपचाररत छन जसमा प्रदेश १ मा ७, प्रदेश २ मा ४, बाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २४ जना, कर्णाली प्रदेशमा ११ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा १ जना, बाग्मती प्रदेशमा ३३ जना र प्रदेश ५ मा १ जना गरी जम्मा ३५ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ११ जनाको निधन भएको छ । हालसम्म मृतक ४०१ जनामा काेराेना पुष्टि भएकाे छ।