१६ बैशाख २०८१, आईतवार

आफ्नो समर्थक भएको प्रदर्शनप्रति कुलमानको ध्यानाकर्षण, पुनःनियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिन आग्रह

kulman farewell

नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक कुलमान घिसिङको पक्षमा केहि दिनदेखी प्रदर्शन हुँदै आएको छ । राजधानी काठमाडौं उपत्यकासहित देशका अन्य ठाउँमा भइरहेको प्रदर्शन रोक्न घिसिङले विज्ञप्तीनै जारी गर्नु परेको छ ।

आफ्नो पक्षमा हुँदै आएको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ भनेका छन ।

उनले विज्ञप्तिमा ‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ’, उल्लेख गरेका छन् ।

साथै कोभिड-१९का कारण नेपाल पनि आक्रान्त भएको बेला महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगर्न सबैलाई अनुरोध गरेका छन ।

OnpbkLCXL7J2ZQMNNgyn