१४ बैशाख २०८१, शुक्रबार

सभामुख महराले दिए राजीनामा -पत्रसहित

Krishna Bahadur mahara

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । । उनले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई आजै राजीनामा बुझाएका हुन् ।

उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ,‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भिर प्रश्न उठाई लगाईएको आरोपबारे सत्य, तथ्य, निश्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुशन्धान गर्न सहज होस भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

mahara

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुख र प्रतिनिधिसभा सदस्य सांसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।

संसद सचिवालयकै एक महिला कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएको भोलिप्लटै महराले राजीनामा दिएका हुन् । यसअघि नेकपा सचिवालय बैठकले पनि उनलाई राजीनामा दिन आग्रह गरेको थियो ।