१६ बैशाख २०८१, आईतवार

गौतम राष्ट्रियसभामा मनोनीत

bamdev gautam

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ९ख० बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको छ ।

सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । कुल ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट सङ्घीय सरकारको सिफारिशमा कम्तीमा एक महिलासहित तीन जनालाई मनोनयन गरिने प्रावधान छ ।