१३ बैशाख २०८१, बिहीबार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

narayanghat mugling 4

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अबरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज विहान ४ः३० वजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ । पहिरो खस्न रोकीए संगै बिहानै बाट सडक सफा गरिने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

पहिरोका कारण सो सडक खण्ड हुदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ वजेबाट सडक एक तर्फी सञ्चालनमा ल्याईएको थियो । सो सडकमा सोमबार राती देखि पटक पटक पहिरो खस्दै आएको छ ।