१३ बैशाख २०८१, बिहीबार

एक/एक रुपैयाँ घट्यो डिजल र मट्टितेलको मूल्य

Nepal Oil Corporation

डिजेल र मट्टितेलको मूल्य नेपाल आयल निगमले घटाएको छ।

निगमले डिजल र मट्टितेलको मूल्य एक/एक रुपैयाँ घटाएको छ। बुधबारदेखि लागू हुने गरी निगमले मूल्य घटाएको हो। अब प्रतिलिटर डिजल र मट्टितेल ९० रुपैयाँमा खरिद गर्न सकिनेछ। पेट्रोलको मूल्य भने यथावत नै छ।

एक सूचना जारी गर्दै निगमले भारतबाट मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको जनाएको छ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पर्नेछ। घटेकाे मूल्य राति १२ बजेदेखि लागू भएको छ।

पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

हाल समायोजनपश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ ४४ पैसा र डिजेल प्रतिलिटर ३६ रुपैयाँ ३८ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ।

निगमले अन्तर्राष्ट्रिय मूल्यमा समायोजन गर्ने क्रममा पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।