१७ बैशाख २०८१, सोमबार

९,१६५ पिसिआर टेस्टमा थप १,०३९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

corona testkit scaled

नेपालमा आज (आइतवार) ९,१६५ पिसिआर टेस्ट भएकोमा थप १,०३९ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १५,११७ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १५९ पुगेको छ । हाल क्वारेन्टाइनमा ६,५३६ जना रहेका छन । पछिल्लो २४ घण्टामा ११७३ जना र आज सम्म ३८६९७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना गरेर उपत्यकामा ५९७ जना संक्रमित थपिएका छन | हिजो काठमाडौं उपत्यकामा संक्रमितको संख्या ४३१ रहेको थियो ।

प्रदेश अनुसार आईसियुमा १६९ जना उपचाररत छन जसमा प्रदेश १ मा ६, प्रदेश २ मा ९, बाग्मती प्रदेशमा ११७, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा २२ जना, कर्णाली प्रदेशमा ९ जना रहेका छन । त्यसैगरी प्रदेश १ मा एक जना, बाग्मती प्रदेशमा २० जना, प्रदेश ५ मा १ र सुदुर पश्चिममा १ जना गरी जम्मा २३ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा ९ जनाको निधन भएको छ । हालसम्म मृतक ३४५ जनामा काेराेना पुष्टि भएकाे छ।