८ बैशाख २०८१, शनिबार

यूएस ओपन टेनिसको सेमिफाइनलमा सेरेना प्रवेश

190903200500 serena williams 01 us open day 9 exlarge 169

सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । बुधबार विहान भएको क्वाटरफाइनलमा सेरेनाले चीनकी वाङ क्विङलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । ३७ वर्षीय सेरेनाले क्विङलाई पराजित गर्न ४४ मिनेट मात्र समय खर्चिइन् ।

सेरेनाले ६-१ र ६-० को सहज जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् । सेरेनाले अब फाइनल प्रवेशका लागि इलिना भिटोलिनासँग प्रतिस्पर्धा गर्नेछिन् ।

भिटोलिनाले पनि क्वाटरफाइनलमा जाहना कोन्टालाई ६-४ र ६-४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।

    सम्बन्धित समाचार...