७ बैशाख २०८१, शुक्रबार

दबंग खानलाई यी नायकले किन छातीमा लात हान्न सकेनन्

salman n sudeep

‘दबंग थ्री’मा कन्नड नायक सुदिपले सलमानको छातीमा लात हान्न नसकेको बताएका छन् । उनले एक अन्र्तवार्तामा आफुलाई सलमानको छातीमा लात हान्न नसकेको उल्लेख गरेका छन् ।

प्रभुदेवाको निर्देशनमा बनिरहेको फिल्म ‘दबंग थ्री’ बाट सलमान खान र सोनाक्षी सिन्हा चुलबुल पाण्डे र रज्जोको रुपमा सात वर्षपछि पुनः एकसाथ देखिँदैछन् ।

यो फिल्ममा कन्नड नायक सुदिप भिलेनको रुपमा देखिनेछन् ।  सुदिपले भनेका छन् एक फाइट सीनको क्रममा मैले सलमानको छातीमा किक हान्नु थियो जुन गर्न मलाई निकै समस्या भयो ।

be9f9e7abf31aa0d71aaafbe2f644cad MV5BYTgzZmQ0MjctYWM5Yi00ZmFlLThjOTItM2U2YTIyN2RiNzFhXkEyXkFqcGdeQXVyNjE1OTQ0NjA@. V1

अन्तर्वार्तामा उनले सलमानसँग आफ्नो दोस्तीबारे बताउँदै सलमानसँग दबंग थ्रीको फाइट सीनमाथि बोलेका छन् । उक्त अन्तर्वार्तामा उनले सलमानसँगको एउटा फाइटको दृश्य गर्न निकै समस्या भएको बताए । म सलमानलाई यति सम्मान गर्छु कि उनको छातीमा लात हान्न सकिरहेको थिइनँ ।

सलमानले मलाई गाली गरे र आफूलाई किक हान्न भने । तर मैले गर्न सकिनँ त्यसकारण उक्त सीनलाई अर्कै तरिकाले सुटिङ गर्नुपर्यो । कि साउथमा मानिसहरु किन उनलाई किक हान्न सक्दैनन् भन्ने कुरा पनि पछि आफुलाई थाहा भएको बताएका छन् ।

सुदिपले उक्त अन्तर्वार्तामा आफूले सलमानसँग वर्कआउट पनि गरेको र सलमानले जनावरले झैं तालिम गर्ने बताए ।

 

    सम्बन्धित समाचार...