७ बैशाख २०८१, शुक्रबार

उत्तर कोरियाले बनाएका परमाणु बम भन्दा शक्तिशाली टनेल

nkore tunnel

उत्तर कोरियामा तेस्रो विश्व युद्धको स्थितिमा प्रयोग गर्न बनाइएको एक टनेल नेटवर्क रहेको वरिष्ठ नेताले खुलासा गरेका छन्। उक्त टनेल १० परमाणु बमभन्दा धेरै शक्तिशाली रहेको उनले बताएका हुन्।

यसै हप्ता किम जोङ उनले वर्कस पार्टीको एक बैठकमा प्रशासनलाई कोरोना भाइरसको महामारी र सम्भावित सामुद्रिक आँधीका कारण देशमा उत्पन्न हुने खतराका लागि तयार रहन निर्देशन दिएका थिए।

करिब ५० वर्षअघि भियतनाम युद्ध समाप्त भएपछि कोरियन डिमिलिटराज्ड जोनको कोरोङपो रि नजिकै तैनाथ दक्षिण कोरियाका सैनिकले जमिनको कम्पन महसुस गरेका थिए। डिएमएजेडको १ सय ६० माइलको इलाकामा सैनिकले कोरियातर्फ खन्ने उपकरणको आवाज पनि सुनेको बताइएको छ।

संयुक्त राष्ट्रसंघ कमान्डले अमेरिकाका वेली कमान्डर रोबर्ट एम बालिंगर र मरिन मेजर एन्थनी नास्त्रीलाई टनेल निरीक्षणका लागि पठाएको थियो। प्रोटोकलका अनुसार उनी विनाहतियार कोरियाका नौसैनिक मेजर किम हाह चुलसँग गएका थिए। लेफ्टिनेन्ट कर्नेल माइकल वाइकनले थमर मरेको किताब ‘२०औं शताब्दीमा जासुसी र अमेरिका’को स्मरण गर्दै खाल्डा भएका ठाउँमा विस्फोट भएको बताएका थिए। विस्फोट कसरी भयो थाहा पाउन नसकेको उनी बताउँछन्।

तर, पछि निरीक्षणका क्रममा ‘फस्ट टनेल अफ एग्रेसन’ अगाडि देखाप¥यो जसमा कंक्रिटको पर्खाल, इलेक्ट्रिक लाइट, हतियार स्टोर गर्ने र सुत्नका लागि स्थान बनाइएको थियो। त्यो टनेल दुई माइल लामो थियो, जसको एकतिहाइ हिस्सा दक्षिण कोरियातर्फ थियो भने त्यसमा एक घण्टामा दुई हजार सैनिक घुम्न सक्थे। त्यहाँ गाडासँगै रेल मार्ग पनि बिछ्याइएको थियो।

दक्षिण कोरियाको रक्षा श्वेतपत्रमा उत्तर कोरियाका पूर्वनेता किम इल सुंगले सन् २०१७ सेप्टेम्बर २५ मा ती टनेल बनाउन आदेश दिएको उल्लेख छ।

किम इल सुंगले एउटा टनेल १० परमाणु बम बराबरको शक्तिशाली भएको र दक्षिण कोरियामा प्रवेश गर्ने सबैभन्दा राम्रो तरिका भएको दाबी गरेका थिए।

केही समयभित्रै यस प्रकारका चार टनेल खोजिएको छ। अझै पनि अन्य क्षेत्रमा हुन सक्ने अनुमान छ। दक्षिण कोरियाको श्वेतपत्रमा सन् १९९० मा जमिनको कैयौं मिटरभित्र दुई मिटर फराकिलो टनेल खोज्नु करिब असम्भव जस्तै हुन्छ। साथै, कम्तीमा १६ देखि २० टनेल हुन सक्ने बताइएको छ। यद्यपि, दक्षिण कोरियासँग पारम्परिक युद्धको क्षमता धेरै भएको त्यसैले उत्तर कोरिया घूसपैठको सट्टा क्षेप्यास्त्र तथा परमाणु हतियारको विकल्पमा गएको बताइएको छ।