२५ बैशाख २०८१, मंगलवार

२४ घण्टामा १०,२२९ पिसिआर टेस्ट, काठमाडौं जिल्लामा ३५० संक्रमित थपिए

corona 1

नेपालमा आज (शुक्रबार) १०,२२९ पिसिआर टेस्ट भएकोमा थप ९२७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १६,०१९ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । हाल क्वारेन्टाइनमा ८९३९ जना रहेका छन । पछिल्लो २४ घण्टामा १६९ जना र आज सम्म २०,२४२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना गरेर उपत्यकामा ४१५ जना संक्रमित थपिएका छन |

प्रदेश अनुसार आईसियुमा १६४ जना उपचाररत छन जसमा प्रदेश १ मा ४१, प्रदेश २ मा ४४, बाग्मती प्रदेशमा ८१, गण्डकी प्रदेशमा ३ र प्रदेश ५ मा १५ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १७ जना र प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ३ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछील्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । हालसम्म मृतक १९५ जनामा काेराेना पुष्टि भएकाे छ।