१४ बैशाख २०८१, शुक्रबार

कस्तो होला, भोक लाग्दा खान मिल्ने कपडा

clothes

उत्तर कोरियाबाट सार्वजनिक एउटा समाचारले अहिले सबैको ध्यान तानेको छ । आणविक परीक्षणका कारण चर्चा बटुल्दै आएको उत्तर कोरियाले हालै शरीरमा लगाउनेसँगै भोक लाग्दा खान मिल्ने किसिमको कपडा निर्माण गरेको समाचार अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।

जहाजमा यात्रा गर्ने, पर्वतारोही लगायतका अतिरिक्त क्रियाकलापमा रुचि भएकाहरुका लागि सार्वजनिक कतिपय कपडा खानयोग्य रहेको उसको दाबी रहेकोे छ ।

यात्रामा रहेका बेला कोही पनि भोकै नमरुन् भन्ने उद्देश्यले यस्तो कपडा उत्पादनमा जोड दिएको उसले बताईरहेको छ ।

ती कपडामा प्रयोग भएका नक्कली फ्लानेलका फ्याब्रिकमा प्रोटिन, एमिनो एसिड, म्याग्नेसियम, फलको रस, आइरन, क्याल्सियम जस्ता खाद्य वस्तु मिलाइएको हुँदा यसले भोकमरीबाट बचाउन सक्ने बताइएको हो । यसरी सजिलै पानीमा घुल्न सक्ने भन्दै यी कपडाको प्रचार गरिएको छ ।

उत्तर कोरियाको अत्याधिक चिसो मौसमसँग लड्नकै लागि देशले बाक्लो ज्याकेटहरु बजारमा उपलब्ध गराइरहेको बताइएको छ । यसमा विभिन्न मोडलहरुले स्मार्टफोन र पुरुषका ब्यागहरु लिएर पोज गरेको प्रचार देख्न सकिने बताइएको छ ।एजेन्सी

    सम्बन्धित समाचार...