११ बैशाख २०८१, मंगलवार

इन्फिनिक्सले ६ हजार एमएएच ब्याट्रीसहितको मोबाईल बजारमा

नेपाली मोबाईल बजारमा नयाँ मोबाईल भित्रीएको छ ।

इन्फिनिक्सले ६ हजार एमएएच ब्याट्रीसहितको “हट ९ प्ले” नेपालमा ल्याएको छ जसमा ६.८२ ईन्चको डिस्प्ले रहेको छ। यो मोबाईल फोन नेपालभर १४ हजार ४ सय ९० मा उपलब्ध रहेको कम्पनीले बताएको छ।

हट ९ प्लेमा माइक्रो एसडी कार्ड स्लट, ४ जिबी र्याम र ६४ जिबी स्टोरेज मेमोरी रहेको छ । त्यसैगरी फोटो प्रेमीहरुको लागी यो फोनमा दुबैपट्टि १३-१३ मेगापिक्सेलको क्यामेरा छ । मुख्य क्यामेरामा त्रिपल लिड छ भने फ्रन्ट क्यामेरामा प्म्लास लाईट भएको एआइ लेन्स पनि छ ।

वितरकका अनुसार मोबाईल फोन सस्तो भएपनी गुणस्तरमा भने केहि पनि सम्झौता गरेको छैन ।

मूल्य
हट९प्ले (२प्लस३२) ११ हजार ९ सय ९०
हट९प्ले (४प्लस६४) १४ हजार ९ सय ९०