१७ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना पुष्टि, काठमाडौँमा उपत्यकामा २३२ संक्रमित थपिए

corona virus graph

नेपालमा आज (मंगलबार) ११३२७ पिसिआर टेस्ट भएकोमा थप ८५५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १४,२५० जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । हाल क्वारेन्टाइनमा १०,४५३ जना रहेका छन । पछिल्लो २४ घण्टामा ३१३ जना र आज सम्म १९,११९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना गरेर उपत्यकामा २३२ जना संक्रमित थपिएका छन |

बाग्मती प्रदेशमा १५ जना भेन्टीलेटरमा उपचाररत रहेका छन भने आज आईसियुमा रहेकाको कुनै तथ्यांक आएन ।

पछील्लो २४ घण्टामा ७ जनाको निधन भएको छ । हालसम्म मृतक १६४ जनामा काेराेना पुष्टि भएकाे छ।