२४ बैशाख २०८१, सोमबार

राेमन बिन्दास अभिनित पहिलाे म्युजिक भिडियाे सार्वजनिक

maya music video

केही समय अघि मात्र प्रर्दशनमा आएको नेपाली कथानक चलचित्र माया पिरिम बाट चर्चामा आएका नायक राेमन बिन्दास राईका माया बाेलकाे पहिलाे म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।

र्याप शैलिकाे उक्त गीतमा अंकित तामाङको स्वर र रोजन तामाङकाे लय, रचना र र्याप रहेकाे छ । भिडियाेमा राेमन र आकृती न्याैपानेकाे मुख्य अभिनय रहेकाे छ ।

युवापुसस्तालाई लक्षित गरि तयार पारिएकाे यस गीतकाे भिडियाेलाई प्रेम कार्किले निर्देशन तथा कपिल खरेलले निर्माण गरेकाअ हुन ।

लामाे समयदेखि माेडलिङ क्षेत्रसंगै अभिनय क्षेत्रमा संघर्षशिल राेमनकाे यस भिडियाेले दर्शकहरुकाे मन जित्ने भिडियाे निर्माणपक्षकाे दावी रहेकाे छ ।

माेडल राेमन अभिनित अन्य म्युजिक भिडियाेहरु समेत बजारमा आउने तयारीमा रहेकाे छ ।