५ जेष्ठ २०८१, शनिबार

संक्रमित संख्या ३२ हजार पुग्यो, उपत्यकामा संक्रमित दुई सय माथी

corona 1

नेपालमा आज (सोमबार) १०२३४ पिसिआर टेस्ट भएकोमा थप ७४३ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १३,७१५ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३२ हजार ६७८ पुगेको छ । हाल क्वारेन्टाइनमा ११,२७५ जना रहेका छन । पछिल्लो २४ घण्टामा १७५ जना र आज सम्म १८,८०६ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरेर उपत्यकामा २२४ जना संक्रमित थपिएका छन |

हालसम्म १३८ जना संक्रमित आईसियुमा र १५ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

प्रदेश अनुसार आईसियुमा १३८ जना उपचाररत छन जसमा प्रदेश १ मा १८, प्रदेश २ मा ४६, बाग्मती प्रदेशमा ५७, गण्डकी प्रदेशमा ३ र प्रदेश ५ मा १४ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १५ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछील्लो २४ घण्टामा ८ जनाको निधन भएको छ । हालसम्म मृतक १५७ जनामा काेराेना पुष्टि भएकाे छ।