१२ बैशाख २०८१, बुधबार

सुविधा सम्पन्न योग भवन निर्माण

yoga bhawan dailekh

जिल्लाको नारायण नगरपालिकामा सुविधा सम्पन्न योग भवन निर्माण भएको छ ।

सदरमुकाको बिच बजार गणेण मन्दिरको हाता भित्र निर्माण भएको योग भवनको उद्घाटन दैलेख क्षेत्र नं १ ‘ख’ का सांसद अम्मर बहादुर थापाले गरेका छन् । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत छुट्याएको ५० लाख लागतमा निर्माण भएको योग भवन नारायण नगरपालिका संगको सहकार्यमा गणेश मन्दिरको हाता भित्र निर्माण गरिएको हो ।

जिल्लामा सुविधा सम्पन्न योग भवनको उद्घाटन गर्ने कर्णाली प्रदेश सभाका सदस्य अम्मर बहादुर थापाले गाउँले जीवन देखि मानिसहरु शहरीया बन्दै गएको र शहरमा गाउँमा जस्तो पानी बोक्दा, होस या कुनै पनि काम गर्दा कसरत हुने गरेपनि शहरमा सुविधा खोज्दै जाँदा र काम गर्न छोडे पछी व्यायाम्, कसरत नहुने भएकोले शरीरमा अनेक किसिमका रोगहरु लाग्ने सक्ने सम्भावनालाई ध्यानमा राख्दै मानिसको जीवनशैली संगै शारिरिक ब्यामको आवश्यक पर्ने हुदाँ दैलेखमा योग भवन निमार्ण गरिएको बताए ।

Yog bhawan dailekh

भवन निर्माण शुरु भएपछी कोरोनाले मानिसको जनजिवन प्रभावित बनाईरहेको थियो । यसै बिचमा जसरी पनि योग भवन निर्माण गर्नुपर्ने चुनौति आएकोमा आफुहरुले चुनौती सामना गर्दै समयमानै योग भवनको निर्माण कार्य सम्पन्न गरेको शंकर थापाले नेपाल घटनालाई जानकारी दिए ।

भवन निर्माण गर्दै गर्दा नेपाल तथा जिल्लामा लकडाउन भएकाले निर्माण सामाग्री पुर्‍याउन समस्या भए पनि भवन जिल्लामै उत्कृष्ट बनेको योग भवन निर्माण समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताइन् । उनका अनुसार नारायण नगरपालिकाले ५० लाखमा योग भवन निर्माण गर्नुपर्ने गरी उपभोक्ता समितिलाई जिम्मा दिए पनि योग भवन भने ४० लाखमै निर्माण सम्पन्न भएको छ ।

४० लाखमा निर्माण कार्य सम्पन्न भएपछी बचेको १० लाखले भवन रङ्गरोगन तथा योग गर्नको लागि आवश्यक साउण्ड सिस्टम, ब्याकप, कारपेट सहितको सुविधा सम्पन्न बनाउन सफल भएको उपभोक्ता समितिले बताएको छ ।

उद्घाटन कार्यक्रममा सहभागीहरुले दैलेखवासीको चाहनालाई ध्यानमा राख्दै दैलेखमा सुविधा सम्पन्न योग भवन निर्माणमा पहल गरेकोमा सांसद थापाको प्रशंसा समेत गरेका थिए ।