२४ बैशाख २०८१, सोमबार

कृषि क्षेत्रका समस्या समाधान गर्न किसान कल सेन्टर स्थापना

bhagawatimaai gaupalika

जिल्लाको भगवतीमाई गाउँपालिकाले कृषि क्षेत्रका समस्या सामाधान गर्नेको लागि किसान कल सेन्टर स्थापना संगै संचालनमा ल्याएको छ ।

भगवतीमाई गाउँपालिका भित्रका किसानहरुमा आउँने समस्यालाई हद सम्म सामाधान गर्ने उदेश्यले दैलेख जिल्लामै पहिलो पटक किसान कल सेन्टर स्थापनागरिएको भगवतीमाई कृषि शाखाले जानकारी दिएको छ ।

कृषि उपजहरुको ढुवानी, बिक्री वितरण, मल तथा बीउ बिजनको आपूर्ति लगायत काममा समस्या किसान का हरेक गुनासा संगै कृषक, कृषि उपजको बिक्रेता, ढुवानीकर्ताले तरकारी, फलफूल, बीउ, मल, किटनाशक औषधी, पशुपंक्षी औषधी, अण्डा, दूध, पशुपंक्षीका दाना, लगाएत समस्या सामाधन गर्नेको लागि गाउँपालिकाका स्थापना गरिएको किसान कल सेन्टरमा निशुल्क फोन गर्न सक्ने छन्

गाउँपालिका क्षेत्र भित्रका कृषकहरुको लागि स्थापना गरिएको किसान कल सेन्टर आइतबार मात्र स्थापना गरिएको र प्रत्यक वडाहरुमा किसानहरुको लागि निशुल्क कल सेन्टर स्थापना भएको बारेमा प्रत्यक वडाका किसानहरुलाई जानकारी गराउँनको लागि सुचना वडाहरुमा पठाई सकिएको भगवतीमाई गाउँपलिका कृषि शाखा प्रमुख सुजाता खड्काले जानकारी दिइन् ।

भगवतीमाई गाउँपलिकाको आ.व २०७७/०७८ को कार्यक्रम अनुसार कृषि क्षेत्र विकास कार्यक्रम र गाउँपालिकाको सहकार्यमा १६६०८९४२००३ नम्बरको कल सेन्टर स्थापना गरिएको हो ।

यस क्षेत्र भित्रका किसानहरुले पशुपंक्षी सम्बन्धी समस्या तथा सुझावको लागि हरेक आइतबार विहाना ११ बजे देखि २ बजे सम्म र कृषि सम्बन्धी समस्या तथा सुझावको लागि शुक्रबार ११ बजे देखि २ बजे सम्मा फोन गर्ने सक्ने छन् किसानहरुबाट आएका गुनासा र सुझावहरु सके सम्म गाउँपालिकाले नै सामाधन गर्ने र गाउँपालिकामा सामाधान हुन नसके सम्बन्धित क्षेत्रका बिज्ञहरु संग प्रामश गरिने गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए ।