१५ बैशाख २०८१, शनिबार

८०२६ पिसिआर टेस्टमा थप ८१८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

corona 1

नेपालमा आज (आईतबार) ८०२६ पिसिआर टेस्ट भएकोमा थप ८१८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १३,१५५ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको छ । हाल क्वारेन्टाइनमा ११,४१४ जना रहेका छन । पछिल्लो २४ घण्टामा २८१ जना र आज सम्म १८,६३१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरेर उपत्यकामा १६६ जना संक्रमित थपिएका छन |

हालसम्म १३७ जना संक्रमित आईसियुमा र १० जना भेन्टीलेटरमा उपचाररत रहेका छन । हिजोसम्म भेन्टिलेटरमा १५ जना उपचाररत रहेका थिए भने आज त्यो संख्या १२ रहेको छ ।

प्रदेश अनुसार आईसियुमा १३७ जना उपचाररत छन जसमा प्रदेश १ मा १७, प्रदेश २ मा ४९, बाग्मती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ३ र प्रदेश ५ मा १६ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १० जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछील्लो २४ घण्टामा ३ जनाको निधन भएको छ । हालसम्म मृतक १४९ जनामा काेराेना पुष्टि भएकाे छ।