८ बैशाख २०८१, शनिबार

भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

Tribhuwan International Airport

सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १६ गतेदेखि नियमित अन्तरदेशीय हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।

बैठकले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो । यस्तै पिसिआर टेष्ट नभएको मुलुकबाट भने यात्री ल्याउन नपाउने प्रावधान राखेको छ । पिसिआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन् ।

हवाई उडान तालिका नागरिक उड्डयन मन्त्रालयले बनाउने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेयता नियमित अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएका छन् । नेपालभर गरिएको लकडाउन असार १ गतेदेखि खुकुलो पारिए पनि हवाई उडानमा भने प्रतिबन्ध कायम नै छ ।

कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । नेपालमा स्वास्थ्य परिक्षणपछि १४ दिन घरमा छुट्टै बस्नुपर्नेछ । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबाट गरिने उद्धार उडानमा दैनिक ५ सय भन्दा बढी यात्रू ल्याउन नपाइने निर्णय भएको छ । नियमित उडानमा कुटनीतिक नियोगका अधिकारी र अत्यावश्यक काम परेका नेपाली नियमित उडानमा आउन सक्नेछन् ।

पिसिआर टेष्ट सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतारबाट भने नियमित उडान नहुने भएको छ । कुन देशबाट कसरी र कति यात्री आउने त्यसबारे पर्यटन मन्त्रालयले तालिका प्रकाशन गर्ने भएको छ ।

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन चार्टर्ड उडान हुँदै आएका छन् । लकडाउनका बेला ७ सयभन्दा बढी चार्टर्ड उडान भएका छन् ।