२९ बैशाख २०८१, शनिबार

काठमाडौंमा आज २०८ संक्रमित थपिए, दैनिक आइसियु र भेन्टिलेटरमा संक्रमित थपिदै,

corona 1

नेपालमा आज (शुक्रबार) १३,५७९ पिसिआर टेस्ट भएकोमा थप ८३८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १२,१३२ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३० हजार ४८३ पुगेको छ । हाल क्वारेन्टाइनमा १२२३४ जना रहेका छन । पछिल्लो २४ घण्टामा २५० जना र आज सम्म १८,२१४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १ जना गरेर उपत्यकामा २०८ जना संक्रमित थपिएका छन |

हालसम्म १३३ जना संक्रमित आईसियुमा र १५ जना भेन्टीलेटरमा उपचाररत रहेका छन । हिजोसम्म भेन्टिलेटरमा ७ जना उपचाररत रहेका थिए भने आज त्यो संख्या बढेर १५ पुगेको छ ।

प्रदेश अनुसार आईसियुमा १३३ जना उपचाररत छन जसमा प्रदेश १ मा १६, प्रदेश २ मा ४६, बाग्मती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश ५ मा १३ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा १५ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

पछील्लो २४ घण्टामा ११ जनाको निधन भएको छ । हालसम्म मृतक १३७ जनामा काेराेना पुष्टि भएकाे छ।