१४ बैशाख २०८१, शुक्रबार

पहिले शरीर अहिले घर, दुवै भत्कियो, सहयोगी हातहरुलाई आग्रह

Chandra ko ghar

घरपरिवारको लागि केही गर्ने अठोट लिएर दैलेखको भैरबी गाउँपालिका-४ घर भएका चन्द्रप्रसाद रिजाल छिमेकी मुलुक भारतको गुजरात पुगे । नेपाली साहित्य क्षेत्रमा गजल, मुक्तकका पारखी रिजाल रोजगारीको खोजीमा दौडधुप गर्दे जाँदा विस २०७४ साल असोजमा गुजरातमा बस दुर्घटनामा परे ।

दुर्घटनामा उनको दुवै खुट्टा र ढाडमुनीको भाग भाँचियो । उनको उपचारमा लाखौ खर्च भयो । आर्थिक अवस्था कमजोर भएका रिजाल उपचारमा भारत तथा नेपालका विभिन्न अस्पतालमा पुगे आर्थिक अवस्थाले उनको उपचार सफल हुन सकेन् ।

सात लाख रुपैयाँ खर्चेर भारतमा उपचार गरेका रिजाल थप उपचारका लागि आर्थीक अभाव हुँदा अपाङ्ग शरिर लिएर गाउँमा रहेको घर फर्कीए । एकातिर अपाङ्गताको असहजता अर्को तिर आर्थिक अवस्था कमजोर हुदाँ गरिवी कसैलाई नहोस भन्ने लागेको रिजालले नेपाल घटना संग भने ।

घर फर्केर छरछिमेकबाट सहयोग मागेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पुनः उपचारका लागि भर्ना भएको बताउदै उनले भने । सुर्खेतमा एक लाख रुपैयाँ खर्च भएपनि शरीरमा सुधार आएन । ‘ऋणसापट गरेरै भएपनि थप उपचारका लागि काठमाण्डौ गएँ, त्यहाँ पनि दुई लाख रुपैयाँ खर्च भयो ।

थप उपचारका लागि भैरवी गाउँपालिकामा हारगुहार गरेपश्चात गाउँपालिका वडा नं. ५ ले २५ हजार रुपैयाँ उपलब्ध गरायो । त्यही रकम बोकेर पोखराको हरियो खर्क अस्पतालमा पुगेका रिजाललाई अस्पतालले पाँच लाख रुपैयाँ अरु खर्च लाग्ने बताएपछि उनि धेरै समस्यामा परेको अनुभव सुनाउँछन् ।

२ महिना पोखरामा उपचार गराए पछि मिति २०७६ असार २२ गते घर फर्केका उनी ह्वलचियर को सहायताले घर वरपर घुम्न सक्ने भएका छन् । उनि घर फर्केको एक बर्षमै मिति २०७७ साउन ३० गते परेको अभिरल बर्षाले घर भत्केको छ । भत्केको घर बनाउने अवस्था उनको नभए पछी उनि अहिले समस्यामा परेका छन्| “केही महिनाको लागि आफन्तको घरमा बसेका छौँ ” उनि भन्छन् ।

भत्केको घर बनाउन अवस्था नभए पछी उनले आफ्नी श्रीमती तारा जैसी (रिजाल)लाई वडा कार्यालयमा केही सहयोगको आशा बोकेर पठाए तर वडा कार्यालयले वडामा बजेट नभएकोले गाउँपालिकालाई रिजालको आर्थिक अवस्था दयनिय भएको र उनलाई सहयोग गरिदिन सिफारीस गरेको छ ।

प्रहरी चौकी भैरवीले समेत भत्केको घरको मुचुल्का बनाई सकेको भएपनि उनको घर अहिले उठ्ने अवस्था भने छैन । २४ बर्षिया रिजालका घरमा श्रीमती तारा जैसी (रिजाल) र एक छोरी छन् ।

4