८ बैशाख २०८१, शनिबार

अस्पतालले भर्ना लिन नमान्दा किड्नी बिरामीको निधन

mahato 696x392 1

धनुषामा चिकित्सकको लापरबाहीका कारण मृगौला पिडित प्रमोद कुमार महतोको उपचार नपाएपछि निधन भएको छ। प्रादेशिक अस्पताल जनकपुरधाममा यसरी ज्यान गएको यो पहिलो घट्ना भने हैन ।

महतोको भदौ ३ गते डायलासिस नगरेका कारण छट्पटिएर मृत्यु भएको उनका आमबाबु बताउँछन ।

प्रमोदका पिता जोगेन्द्र महतोले बताए अनुसार किडनीमा समस्या भएर मंगलवार दिउँसो एम्बुलेन्समा चढेर उपचारको लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगेका थिए । अस्पतालका स्वास्थ्यकर्मीको लापरवाहिले महतोको ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

सुरूमा इमर्जेन्सीको टिकट कटाएपछि इमर्जेन्सी कक्षमा भर्ना गरे, मृतकका बुवाले भने ‘इमर्जेन्सी कक्षमा एउटा सुइँ लगायो तर पनि श्वासको समस्या ठीक भएन ।’ मिर्गौलाको बिरामी भएको कारण डायलोसिस नै गर्नुपर्छ भनेर इमर्जेन्सीका चिकित्सकले अस्पतालकै डाइलायसिस वार्डमा लैजान भनेका थिए ।

प्रमोदलाई डायलिसिस कक्षमा उपचारकालागी लाने प्रयास गर्दा अस्पतालका सुरक्षा गार्ड तथा स्वास्थ्यकर्मीले विरामीको अवस्था देखेर उनलाई भित्र छिर्न दिएनन्। उनको आमाबुवाले पटक पटक त्यहाँ भएका डाक्टर तथा स्वास्थ्यकर्मीलाई उपचारकालागी बिन्ती गरेपनि उपचार नगरेको प्रमोदको बुवा जेगेन्द्रले बताए।

करिब एक वर्ष पहिले काठमाडौँको नेपाल मेडिसिटी अस्पतालमा चेकजाँच गराउँदा प्रमोदको किडनीमा समस्या देखिएको थियो । त्यस पश्चात उनी उपचार र औषधी सेवन गरिरहेका थिए।

उपचार पछी प्रमोदको स्वास्थ्य केहि सुधार भएपछि एकसाता अघिमात्र प्रमोद टिचिङ अस्पतालमा उपचारपछि घर फर्केका थिए । डाक्टरले अझै केहिदिन डाइग्नोसिस गर्नुपर्छ भनेका भए पनि प्रमोदकै घरजाने जिद्दिले गर्दा गरेर फर्किएका थिए । घर फर्किए पनि उनको उपचार नपाएरा बुधबार निधन भएको छ।

province 2hospital statement

प्रादेशिक अस्पताल जनकपुरले भने एक विज्ञप्ती जारी गर्दै प्रमोदको निधनमा अस्पताल प्रशासन को भन्दा पनि बिरामी र बिरामी संग आएकाको गल्ती देखाएको छ । विज्ञप्ती अनुसार मंगलबार साँझ ५ बजे अस्पतालको इमरजेन्सी विभागमा आएपनि बिना कुनै कगजात सहित आएकोले जाँच गरेर विभिन्नि जाँच गराउन भन्दा अस्पताललाई विना कुनै जानकारी विरामीलाई अन्यत्र लगेको भनिएको छ ।