१६ चैत्र २०८०, शुक्रबार

सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक

118229853 3239381059516295 6642404322742789709 n

गायिका सुनिता दुलालको स्वरमा सजिएको नयाँ तिज गीत सार्वजनिक भएको छ ‘जुममा हेरेर’ बोलको सार्वजनिक गीतमा कोरोनाका कारण एकै ठाउँमा भेला भएर तिज मनाउन नपाएको विद्यमान अवस्था समेटिएको छ ।

उक्त गीतमा रोजा वलीको शब्द सुनिल मास्केको संगीत रहेको छ । त्यसैगरि कुशल श्रेष्ठको छायांकन तथा निर्देशन रहेको भिडियोमा सुनितासँगै भवानी तिमलसिना, काब्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशी, रोश्ना कार्की, रिमा कणेल, दिपिका श्रेष्ठ, स्वस्तिका लोहनी, आस्तिक कणेल, दीपक थापालगायतका कलाकारहरु फिचर्ड छन ।