
नेपालमा आज (बिहिबार) ११८३२ पिसिआर टेस्ट भएकोमा थप ७०७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ११,५५५ जनामा सक्रीय संक्रमण देखिएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ । हाल क्वारेन्टाइनमा ११,७६८ जना रहेका छन । पछिल्लो २४ घण्टामा २६४ जना र आज सम्म १७,९६४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना गरेर उपत्यकामा २०० जना संक्रमित थपिएका छन |
हालसम्म १२९ जना संक्रमित आईसियुमा र ७ जना भेन्टीलेटरमा उपचाररत रहेका छन । प्रदेश अनुसार आईसियुमा १२९ जना उपचाररत छन जसमा प्रदेश १ मा ११, प्रदेश २ मा ४६, बाग्मती प्रदेशमा ५४, गण्डकी प्रदेशमा ६ र प्रदेश ५ मा १२ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा ७ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।
त्यस्तै हालसम्म मृतक १२६ जनामा काेराेना पुष्टि भएकाे छ।