१४ बैशाख २०८१, शुक्रबार

बैंक कर्मचारी निषेधाज्ञा उल्लंघन गरेको भन्दै रोकिए, आज उपत्यकाका धेरैजसो बैंक बन्द

banks logo

आज काठमाडौंमा सबै बैंक बन्द हुने भएको छ । प्रहरीले कार्यालय हिँडेका बैंकका कर्मचारी रोकेपछि बैंकहरु बन्द गर्ने निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

कार्यालय हिंडेका कर्मचारीलाई बाटोबाटै प्रहरीले फर्काएपछि एशोसिएसनले यस्तो निर्णय गरेको हो ।

बैंकका कर्मचारीलाई परिचयपत्र देखाएर आउजाउ गर्न दिने गरि बुधबार तीनै जिल्लाका सिडियोहरुसँग सहमति भए पनि बैंक कर्मचारीलाई यसरी दुख: दिन नहुने बताउँछन बैंकका एक कर्मचारी ।

अत्यावस्यक सेवा अन्तर्गत पर्ने बैंक तथा वित्तीय संस्थाहरु सुरक्षाका उपायहरु अपनाएर खोल्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । आधारभुत बैंकिङ सेवा प्रदान गर्ने निर्देशन दिए पनि राष्ट्र बैंकले उचित समन्वय नगर्दा बैंकका कर्मचारीहरु बाटोमा नै रोकिनु परेको बैंकरहरु बताउँछन्।