८ बैशाख २०८१, शनिबार

थप १७ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि

traffic office baggikhana

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

क्वारेन्टिनमै बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ देखिएको महाशाखाले जनाएको छ । १७ जना थप भएसँगै ट्राफिक महाशाखामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ ।

यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए ।

दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । उनीहरुको बिहीबार रिपोर्ट आएको हो ।