१३ बैशाख २०८१, बिहीबार

भोलि देखी १ साता काठमाडौं लकडाउनमा

lockdown 18

भोलि (बुधबार) भदौ ३ गते रातिदेखि भदौ १० गते रातिसम्मका लागी काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।

आज बसेको मन्त्री परिषदको बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ।

केहि दिनयता काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो। आज मात्रै काठमाडौं उपत्यकामा २०५ जना संक्रमित थपिएका छन ।