१३ बैशाख २०८१, बिहीबार

उपत्यकामा १६८ जना संक्रमित थपिए, बाग्मती प्रदेशमा ५९ जना आईसियुमा

corona test

नेपालमा आज (सोमबार) ११५२० पिसिआर टेस्ट भएकोमा थप ५८१ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने ९,६३९ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको छ । हाल क्वारेन्टाइनमा १५,१९८ जना रहेका छन । पछिल्लो २४ घण्टामा १६० जना र आज सम्म १७,४९५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

काठमाडौंमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना गरेर उपत्यकामा १६८ जना संक्रमित थपिएका छन |

हालसम्म ११३ जना संक्रमित आईसियुमा र ६ जना भेन्टीलेटरमा उपचाररत रहेका छन । प्रदेश अनुसार आईसियुमा १०० जना उपचाररत छन जसमा प्रदेश १ मा १, प्रदेश २ मा ४१, बाग्मती प्रदेशमा ५९, गण्डकी प्रदेशमा १ र प्रदेश ५ मा ११ जना रहेका छन । त्यसैगरी बाग्मती प्रदेशमा ६ जना भेन्टीलेटरमा उपचाररत रहेका छन ।

त्यस्तै हालसम्म मृतक १०७ जनामा काेराेना पुष्टि भएकाे छ।