१२ बैशाख २०८१, बुधबार

मेस्सीका लागि म्यानचेस्टर सहि गन्तव्य !, अनुबन्ध गर्न सिटी जति तिर्न पनि तयार

leo messi

बाएर्न म्युनिख सँग ८-२ को हार व्यहोरेपछी बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले क्लब छाड्ने चर्चा फेरी चलेको छ । मेस्सिले नोउ क्याम्प्मा कुनै ठुलो पुनर्संरचना नभएमा छोड्ने बताइएको छ ।

तर एस्पोर्ट इन्ट्राटिभोका अनुसार उनी परिवर्तनको लागि पर्खिन इच्छुक छैनन् र तुरुन्तै क्लब छोड्न चाहन्छन्।एस्पोर्ट इन्ट्राटिभोका त्यही समाचार श्रोत हो जसले २०१७ मा नेइमार पिएसजी जाने कुराको खुलासा गरेको थियो ।

बार्सिलोना क्लबका उच्च पदस्थहरुले भने मेस्सिले क्लब छाड्छन भन्ने कुरा नकार्छन । बार्सिलोनाका एक उच्च अधिकारी भन्छन “मेस्सी बार्सिलोना सँग २०२१ सम्म अनुबन्धित छन जसको एक सम्झौतामा उनको मुल्यांकन ६३३ मिलियन पाउन्ड गरिएको छ ।”

मेस्सिको करार २०२१ मा सकिन्छ जुन बेला मेस्सिलाई कुनै पनि क्लब्ले नि:शुल्क अनुबन्ध गर्न सक्छ । यस्तो अवस्थामा बार्सिलोनाले आफ्नो कमाइ गुमाउन सक्ने हुनाले मेस्सिलाई क्लब छाड्न दिन सक्ने पनि अनुमान गरिएको छ ।

लिभरपुल लेजेन्ड ग्राएम सुनेस भन्छन मेस्सी प्रीमियर लिग जोडी म्यान सिटी अथवा छिमेकी युनाइटेड मध्य कुनै एकमा अनुबन्धित हुन सक्छन ।

बार्सिलोनामा हुँदा मेसिले पेप ग्वार्डिओला संग काम गरिसकेका छन भने म्यानचेस्टर सिटीको लीग प्रतिबन्ध हटिसकेको अवस्थामा मेस्सिको लागी म्यानचेस्टर सिटीले खर्च गर्नसक्ने आंकलन पनि गरिएको छ ।