६ बैशाख २०८१, बिहीबार

भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्र भदौ ९ सम्म सिल

thimi municipality

संक्रमित संख्या बढ्दै गएपछी भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्र सिल गरिने भएको छ ।भदौ ९ गतेसम्मका लागि खाद्यान्न, पानी, ग्याँस र औषधीपसल दिनको ११:०० बजेदेखी १:०० बजे सम्म मात्र खोल्न पाइने छ । त्यस बाहेकका सबै सेवा बन्द हुने जारी विज्ञप्तिमा जनाइएको छ।

आज बसेको नगर प्रमुख, उपप्रमुख र सबै वडाका वडाध्यक्षहरुको बैठकले भोलिदेखि भदौ ९ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सबै वडामा सिल गर्ने निर्णय गरेको हो । कोरोना संक्रमितको संख्याको हिसाबले मध्यपुर थिमि नगरपालिका जिल्लामै पहिलो स्थानमा रहेको छ।

मध्यपुर थिमि नगरपालिका भित्र हालसम्म ४१ जना कोरोना संक्रमितहरु फेला परिसकेका छन् ।

बैठकले भक्तपुर-काठमाडौं ६ लेन सडकमा समेत सार्वजनिक यातायातका साधन सञ्चालन नगर्न संघीय सरकारसँग आग्रह गरेको छ। सार्वजनिक यातायातका साधन सञ्चालन गर्नै परे पनि मध्यपुर थिमि नगर क्षेत्रभित्र कुनै पनि यात्रु चढाउने र ओराल्न नपाइने निर्णय गरेको छ।

madhyapur thimi